राष्ट्रिय बीमा संस्थानको नाफा ५ करोड ९० लाख रुपैयाँ « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

राष्ट्रिय बीमा संस्थानको नाफा ५ करोड ९० लाख रुपैयाँ



काठमाडौं । अघिल्लो वर्ष ५ करोड ७० लाख २३ हजार ७४ रुपैयाँ नाफा आर्जन गरेको राष्ट्रिय बीमा संस्थानले गत आर्थिक बर्षमा ५ करोड ९० लाख ६५ हजार ३० रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै संस्थानको खुद बीमा शुल्क आर्जन ७ अर्ब ६ करोड ४२ लाख २५ हजार ६० रुपैयाँ गरेको छ ।

त्यस्तै संस्थानको खुद दाबी भुक्तानी २ अर्ब ८१ करोड ४० लाख २१ हजार ६६५ रुपैयाँ, चुक्ता पुँजी १८ करोड १० लाख २०्र हजार रुपैयाँ र जगेडा कोषमा २८ करोड ५८ लाख ४८ हजार ५६२ रुपैयाँ रहेको बीमा संस्थानले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

यस्तै जीवन बीमा कोषमा २६ अर्ब ५४ करोड ३९ लाख २२ हजार २८ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्