बीमा समितिमा ५ जनामा कोरोना देखिएपछि ५ दिनलाई कार्यालय शिल

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिमा ५ जनामा कोरोना देखिएको छ । ३ जना निर्देशक सहित ५ जनामा कोरोना देखिएपछि बीमा समिति ५ दिनको लागी शिल गरिएको छ ।
समितिका एक कर्मचारीका अनुसार बीमा समितिमा ३ दिर्नेशक, १ चाटर्ड एकाउन्टेन र २ सहायक निर्देशकसहितमा कोरोना पुष्टि भएपछि कार्यालय शिल गरिएको जनाए ।
बीमा समितिमा हाल ८५ जना कर्मचारी कार्यरत छन । सोमबारदेखी घोषित रुपमै बीमा समिति ५ दिनलाई बन्द हुने जनाइएको छ ।