नेपाल इन्स्योरेन्सले दियो कृषि तथा पशुपन्छी अभिकर्तालाई तालिम « Arthapath.com
१८ माघ २०७७, आईतवार

नेपाल इन्स्योरेन्सले दियो कृषि तथा पशुपन्छी अभिकर्तालाई तालिम



काठमाडौं । नेपालको पहिलो निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमाका अभिकर्तालाई प्रशिक्षण दिएको छ । कम्पनीले माघ १५ गते देखि १७ गते सम्म कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता सम्बन्धि ३ दिने तालिम कार्यक्रम गरेको छ ।

कन्चनपुरको महेन्द्रनगर स्थित होटल न्यू चेतनमा भएको कार्यक्रममा दार्चुला, बैतडी, कन्चनपुर र डडेलधुरा जिल्लाका सहकारी संस्थाहरु लगायत स्थानिय कृषक, नगरपालिका कृषि प्राविधिक, जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहकोले मुख्य प्रशिक्षण दिएका थिए ।

देशमा कृषि क्षेत्रलाई विस्तार एवम् प्रवद्र्धन गर्ने, कृषकहरुको काबु भन्दा बाहिरको परिस्थितीबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गरी कृषकहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा इन्स्योरेन्सका सीईओ शाहले कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने कार्यमा कृषि तथा पशुपन्छी बीमाले महत्वपुर्ण भुमिका खेल्ने हुँदा सहभागीहरुलाई आ–आप्mनो कार्यक्षेत्रमा गई कृषि तथा पशुपन्छी बीमा सम्बन्धी ग्रामिण स्तरका कृषकहरु सम्म पहुँच पु¥याउन सकेमा सुदुर पश्चिम क्षेत्रका कृषकहरु लाभान्वित हुने बताए ।

कार्यक्रममा हेल्भीटास कन्चनपुर जिल्लाका प्रमुख टेक बहादुर सिंहले कृषि बीमा सम्बन्धमा प्रदेश सरकारबाट भए गरेका कार्यहरु, आधुनिक कृषि प्रणाली तथा कृषि तथा पशुपन्छी बीमाको नीतिगत, निहेतगत तथा सुचनामुलक समस्याहरु बारेमा जानकारी गराए ।

कार्यक्रममा सहभागीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले प्रमाणपत्र वितरण गर्नु भएको थियो भने कार्यक्रम संचालन कम्पनीका मुख्य प्रबन्धक चन्द्रनाथ उप्रेतीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्