प्रभु इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायम केही संस्थापक सेयरहरु बिक्री गर्ने इच्छा गरी आवश्यक व्यवस्था गरिदिन कम्पनी समक्ष निवेदन दिएकाले उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीको बिक्री गर्न लागेको सेयरको संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिनु पर्नेछ । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको तीनकुनेमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।