शतप्रतिशत ‘राइट सेयर’ ल्याउने गार्डियन माइक्रोको एजेन्डा विफल, तत्काललाई रोक्न नियामकको निर्देशन

काठमाडौ । नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको हकप्रद सेयर हाललाई स्थगत गर्न निर्देशन दिएको छ ।
योसँगै शकप्रद सेयर जारी गर्न कम्पनीले डाकेको विशेष साधारण सभा पनि हाल रोकिएको छ । वार्षिक साधारण सभा सम्पन्न भएको केही दिनमै विशेष साधारण सभा डाकेर हकप्रद सेयर ल्याउन प्रस्ताव पारित गर्न लागेको थियो ।
कम्पनीले आगामी शुक्रबार अर्थात् बैशाख ५ गते विशेष साधारण सभा बोलाएको थियो ।
सभाबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी प्रस्ताव पारित गर्ने विशेष एजेण्डा थियो ।
तर, कम्पनीले प्राधिकरणको पूर्वस्वीकृत नै नलिई विशेष साधारण सभा मार्फत हकप्रद सेयरको एजेन्डा अघि सारेको थियो । सो विषयमा प्राधिरकणले तीनभित्र स्पष्टीकरण पठानउ कम्पनीलार्य निर्देशन समेत दिएको थियो । तर, चित्तबुझ्दो जवाफ नआएपछि प्राधिकरणले हाल विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो ।