सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
नेप्सेका अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको मूल्य ५१६.६६ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।
कम्पनीले हाल कायम चुक्तापुँजीको १:०.२७ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गर्दैछ ।