विद्युतीय सवारी साधानको बीमा नीति बारे नाडा र प्राधिकरणबीच छलफल « Arthapath.com
५ बैशाख २०८२, शुक्रबार

विद्युतीय सवारी साधानको बीमा नीति बारे नाडा र प्राधिकरणबीच छलफल



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र नेपाल बीमा प्राधिकरणबीच विद्युतीय सवारी साधानको बीमा बारे छलफल भएको छ ।

शुक्रबार नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्राधिकरणका अध्यक्ष शरद ओझासंग विद्युतिय सवारी साधनहरुको बीमा नीतिका सम्बन्धमा छलफल गरेको हो ।

छफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतिय सवारी साधनहरुको सन्दर्भमा हालसम्म नीति नीति तयार नभईसकेकोले विद्युतिय सवारी साधनको बीमा सम्बन्धमा स्पष्ट, पारदर्शी र सुसंगत नीति निर्माणको आवश्यकता रहेको बताए ।

विद्युतिय सवारी साधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा समेत प्राधिकरणले आवश्यक नीति बनाउनुपर्ने धारणा उनको भनाई छ ।

छलफलको क्रममा प्राधिकरणले सो नीतिमा विद्युतिय सवारी साधनहरुको स्पेयर पाट्र्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने बताएको छ । क्लेम प्रक्रियामा सुधार ल्याउने, बीमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिएको छ । त्यसैगरी प्राधिकरणले नाडाकालाई समेत उक्त बीमा नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न गराउने छ ।

विद्युतिय सवारी साधनहरुका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नु पर्ने आवश्यकता देखिएको नाडाका महासचिव सुरेन्द्र उप्रेतीले जानकारी दिए । यसका साथै न्यूनतम रुपमा दक्षिण एसियाली राष्ट्रहरुमा प्रयोगमा रहेका नीति र अभ्यासहरुको अध्ययन गरी तत्सम्बन्धमा नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गरिने उप्रेतीले बताए ।


प्रतिक्रिया दिनुहोस्