नेपाल लाइफ इन्स्योरेन्सको एक दिवसीय ‘सेल्स ट्रान्समिसन सेसन’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिने सेल्स ट्रान्सफरमिशन सेसन सम्पन्न गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१-८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।
कार्यक्रममा कम्पनीका संचालक कमलेश कुमार अग्रवालले चुनौतीपूर्ण अवस्थाका बावजुद पनि कम्पनीले ठुला उपलब्धि हासिल गरेको बताए । त्यसका निम्ति सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई हृदयदेखिनै धन्यवाद समेत ज्ञापन गरे । आगामी दिनमा कम्पनीले लिएको लक्ष्यलाई प्राप्ति समेत आग्रह गरे ।
जीवन बीमा व्यवसाय एकदमै सेन्सिटिभ क्षेत्र रहेको बताए । जीवन बीमा पोलिसी एउटा सामान्य दस्तावेज मात्र नभई यो भविष्य निर्धारण गर्ने आधारशिला र जीवनयापन गर्ने माध्यम रहेको उनको भनाई छ । बजारमा रहेको जोखिमलाई खरिद गरी मान्छेको जीवनलाई सहज बनाउन बीमा कम्पनीले अतुलनीय भूमिका खेल्ने र त्यसका निम्ति सम्पूर्ण नेपाल लाइफकर्मीहरूलाई बीमाको चेतना अभिवृद्धि गर्न आग्रह गरे ।
सफलता कुनै चामत्कारिक घटना नभई टिमको जोष, जाँगर, इमान्दारिता, परिश्रम, दीर्घकालीन सोच, रणनीतिको तर्जुमा र त्यसको सही कार्यान्वयनको समिश्रण रहेको बताए ।
जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहँुचलाई आम नागरिक बीच पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले प्राप्त गरेको उपलब्धि ऐतिहासिक रहेको बताए । यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खट्ने कर्मचारीहरु, अभिकर्ताहरूलाई धन्यवाद समेत दिए । कम्पनीले २५ औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले लिएको ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुनेमा विश्वस्त रहेको बताए ।
कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजीटलाइजेशनको कार्य थालनी गरिसकेको बताए । जसकारण कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुको आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।