सगरमाथा लुम्बिनीको १५ प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश प्राप्त गर्न बैशाख १६ गतेसम्म सेयरधनी बन्नुपर्ने भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बैशाख १७ गते बुधवार बुक क्लोज गर्ने भएको छ । त्यसका आधारमा बैशाख १६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको साधारण सभामा आउँदो बैशाख २८ गते रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । कम्पनीले आफ्ना सेयरधनीलाई यो वर्ष १५ प्रतिशत नगद लाभांश दिने भएको हो । सभाले उक्त प्रस्तावित लाभांशलाई वितरण गर्न योग्य बनाउनेछ ।
सोही सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ भने चालु आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।