चुक्ता पुँजी पुर्याउन २७ हकप्रद सेयर जारी गर्दै सन नेपाल लाइफ, बैशाख ३० गतेदेखि बिक्रीमा ल्याउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले
कम्पनीले आगामी बैशाख ३० गतेदेखि हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपछि भने ५ अर्ब ३ करोड १२ लाख ३२ रुपैयाँ पुग्नेछ ।
हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले बैशाख ५ गते बुक क्लोज गरेको थियो। त्यसका आधारमा बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र आवेदनन दिन सक्नेछन् । आवेदन आगामी जेठ १९ गतेसम्म दिन सकिनेछ ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।