उपत्यकामा मयुर यातायातले थाल्यो सेवा

काठमाडौं । मयूर यातायातले काठमाडौंमा मयुर यातयातले सेवा दिन थालेको छ ।सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
यातयात व्यवसायीहरुले विभिन्न शर्त राखेर बस नचलाउने निर्णय गरेका बेला मयूरले सोमबाट यात्रुहरुलाई सेवा थालेको छ ।
कम्पनीले काठमाडौं धुलिखेल पनौती रुटमा र रिंगरोडमा बस चलाउन दिन थालेको छ ।
कम्पनीले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।
कोरोना भाइरस महामारीलाई नियन्त्रण गर्न गत चैत ११ गते देखि रोकीएको सार्वजनीक यातयात सेवा सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गर्ने निणर्य गरेको थियो ।