दिप पाण्डे बने पुनः शिखर इन्स्योरेन्सको सीईओ, बीमा समितिले दियो स्वीकृती

काठमाडौं । शिखर इन्स्योरेन्सको सीईओमा पुन दिपप्रकाश पाण्डे नियुक्त भएका छन । पाण्डे पुन ४ वर्षको लागी शिखरको सीईओमा नियुक्त गर्न संचालक समितिले गरेको सिफारिस बीमा समितिले स्वीकेत गरेको छ ।
पाण्डेलाई गत बिहीबारनै बीमा समितिले पुनः एक कार्यकालको लागी सीईओमा नियुक्त गर्न स्वीकृत प्रदान गरेको बीमा समिति स्रोतले बताएको छ ।
बीमा क्षेत्रमा लामो अनुभव भएका पाण्डेको वर्तमान कार्यकाल आगामी कार्तिक ११ गतेसम्म रहेको थियो । सोही मितिदेखी लागु हुनेगरी पाण्डेले पुनः ४ वर्ष शिखरको सिईओको रुपमा नेतृत्व दिनेछन ।
पाण्डे निर्जिवन बीमा कम्पनीहरुको एसोसिएसन नेपाल बीमक संघको अध्यक्षसमेत हुन । उनि स्थापनादेखीनै शिखरको महाप्रवन्धक हुँदै सिईओ बनेका थिए ।