विद्युतीय माध्यमबाट राजस्व बुझाउन सक्ने प्रणाली कार्यान्वयनमा आयो « Arthapath.com
१३ आश्विन २०७७, मंगलवार

विद्युतीय माध्यमबाट राजस्व बुझाउन सक्ने प्रणाली कार्यान्वयनमा आयो



काठमाडौं । विद्युतीय माध्यमबाट राजस्व बुझाउन सक्ने प्रणली कार्यान्यनमा आएको छ ।
विद्युतीय माध्यमबाट राजस्व बुझाउन सक्ने प्रणली सरकारले चालु आर्थिक वर्ष २०७७र७८ को बजेटमा पनि व्यवस्था गरको छ ।

सोही नियम बमोजिम विद्युतीय माध्यमबाट राजस्व बुझाउन सक्ने प्रणाली कार्यान्वयनमा ल्याएको विभागले जनाएको छ ।अब विद्युतीय माध्यम प्रयोग गरी सेवा करदाताले राजस्व दाखिला गर्न सक्ने भएका छन ।

विद्युतीय भुक्तानीका माध्यमको लागीे मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड डेविट वा क्रेडिट कार्ड, ई(मनी वालेट्स र अन्तर बैंक भुक्तानी वास्तविक समय भुक्तानी प्रणाली, राष्ट्रिय भुक्तानीद्वार र अन्तर बैकिङ भुक्तानी आदीबाट गर्ने सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्