राष्ट्रपति भण्डारीद्वरा पुर्ननिर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन, समारोहमा कसले के भने ? « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

राष्ट्रपति भण्डारीद्वरा पुर्ननिर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन, समारोहमा कसले के भने ?



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ननिर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन गरेका छन । बुधबार एक समारोहका विच देशको मुख्य गहनाको रुपमा रहेको ऐतिहांसिक रानीपोखरीको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको महाभुकम्प र त्यसपछिको पराकम्पले क्षति ग्रत भएको रानीपोखरी र बालगोपालेश्वर मन्दीरको २०७२ माघ २ गते शिलान्यास गदै गरेको अठोट आज यही रानीपोखरीको किनारमा उभिएर पुरा भएको सन्न पाउँदा खुशी लागेको बताए ।

करिब ३ सय वर्ष अगाडी राजा प्रताप मल्लले आपनी शोकमा डुबेकी रानीलाई खुशि बनाउनको लागी निमार्ण गरेको रानीपोखरीको आपनै महत्व रहेको उनले बताएकि छिन । आफ्नो दिदिबहिनि नहुनेले तिहारमा भाइटिका लगाउने गरेको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको आफनै महत्व रहेको छ ।

रानीपोखरी मन्दिरको पुर्ननिर्माणले हाम्रो पुरातातिक र सांस्कुतिक सम्पदाको संरक्षण भएको भण्डारीले बताए । यस्ता पुरातातिक र सांस्कुतिक सम्पदाले सम्पन्न काठमाडौं उपत्यकामा रानीपोखरीको पुर्ननिर्माणले कोसेढुङगा सावित हुने आफुले विश्वास गरेको छु उनले भने ।

पुर्न निमार्ण हुदै गरेको धरहरा र रानीपोखरीले काठमाडौं बासीलाई खुल्ला मञ्च उपलब्ध गराएको छ । त्यस्तै कार्यक्रममा बोल्दै पुर्नर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधिन धरहराको मूल संरचना पुस महिनाभित्र सम्पन्न गर्ने बताएका छन्। उनले यहि आर्थिक वर्षभित्र मूलभूत रुपमा पुनर्निर्माणका कार्यहरु सम्पन्न गर्ने जनाएका छन्।

‘हामीले यहीँ मंसिर महिनाभित्र सिंहदरबारको मूख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम गरिरहेका छौँ,’ ज्ञवालीले बुधबार पुर्नर्निमित रानीपोखरी उद्घाटन कार्यक्रममा भने, ‘धरहराको सत्रौँ तल्लाको कार्य आजै सम्पन्न हुनेछ र यही पौष महिनाभित्र सम्पूर्ण २२ तल्लासहित धरहराको मूल संरचना सम्पन्न गर्नेछौँ ।’

उनका अनुसार पुनर्निर्माण गर्नुपर्ने करिब ८ लाख नीजि घरहरु मध्ये करिब ७६ प्रतिशत सम्पन्न भएको छ भने करिब १६ प्रतिशत निर्माणाधिन अवस्थामा छन्। । ‘विद्यालय तर्फ ८० प्रतिशत, स्वास्थ्य संस्था तर्फ ५८ प्रतिशत, सरकारी भवन तर्फ ९० प्रतिशत र पुरातात्विक सम्पदा तर्फ ५० प्रतिशत प्रगति हासिल भैसकेको छ भने बाँकी पुनर्निर्माण भैरहेका छन्,’ उनले भने। ज्ञवालीले रानीपोखरीको पुनर्निर्माणलाई रानीपोखरीमा मात्र सीमित नराखी यसलाई रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप, शहिदगेट र दशरथ रंगशालासँग एकीकृत गर्दै वृहत्तर गुरुयोजनाको खाका तयार पारेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्