फेरी बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति ?

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ५ सय र तेजावि सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन तोलामा ५ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ३ सय र तेजावि सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर तोलामा १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
