४६ कराेड ठगिकाे आराेपमा व्यावसायी इच्छाराज तामाङ पक्राउ

काठमाडाैँ । सिभिल सहकारी मार्फत ठगी गरेकाे आराेपमा व्यावसायी इच्छाराज तामाङ पक्राउ परेका छन् ।
सिभिल ग्रुपका अध्यक्षसमेत रहेका तामाङलाई प्रहरीकाे राष्ट्रिय अनुसन्धान विभाग (सिआईबी)ले साेमबार साँझ सुन्धाराबाट पक्राउ गरेकाे हाे ।
तामाङकाे सिभिल सेभिङ्स एण्ड काेअपरेटिभ विगत २ वर्षदेखी निक्षेपकर्ताकाे पैसा फिर्ता गर्न नसकेर समस्यामा रहेकाे थियाे । सहकारीकाे निक्षेपकर्ताले ४६ कराेड ठगी गरेकाे भन्दै सिआईबीमा उजुरी परेकाे थियाे । उजुरीकाे आधारमा उनि पक्राउ परेका हुन् ।
एमालेबाट संबिधानसभा सदस्य रहेका सांसाद रहेका तामाङले सिभिल बैंककाे सेयर बेचेर सहकारीकाे ऋण तिर्दै आएका थिए । प्रहरीले तामाङसहित अन्य १२ जना कर्मचारीलाई पक्राउ गरेकाे छ ।