आज कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
११ असार २०८१, मंगलवार

आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । सुनको भाउ स्थिर रहेको छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात् सोमबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँ कायम भएको छ । सोमबार भने १ हजार ८२० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्