घट्यो सुनचाँदीको भाउ, आजको कारोबार मूल्य कति ? « Arthapath.com
१२ असार २०८१, बुधबार

घट्यो सुनचाँदीको भाउ, आजको कारोबार मूल्य कति ?



काठमाडौं । सुनको भाउ घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

मंगलबार १ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, बुधवार भने घटेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आजका लागि तेजावी सुनको मूल्य १ लाख ४० हजार ९०० रुपैयाँ तोकिएको छ । तेजावी सुन मंगलबार भने १ लाख ४१ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, साताको चौंथो कारोबार दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । आजका लागि चाँदीको १ हजार ७९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने १ हजार ८१५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्