फेरि सस्तियो सुनचाँदीको भाउ, आज प्रतितोला कति घट्यो ? « Arthapath.com
१३ असार २०८१, बिहीबार

फेरि सस्तियो सुनचाँदीको भाउ, आज प्रतितोला कति घट्यो ?



काठमाडौं । साताको पाँचौं कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

बुधवार १ लाख ४१ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज घटेर १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४० हजार १०० रुपैयाँ कायम भएको छ । बुधवार तेजावी सुन १ लाख ४० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, बिहीबार पनि चाँदीको भाउ सस्तिएको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ७८० रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्