रसाइलीको अध्यक्षतामा यस्तो बन्यो सुनचाँदी व्यवसायी महासंघको नयाँ टिम, को-को आए कार्य समितिमा ? « Arthapath.com
१६ असार २०८१, आईतवार

रसाइलीको अध्यक्षतामा यस्तो बन्यो सुनचाँदी व्यवसायी महासंघको नयाँ टिम, को-को आए कार्य समितिमा ?



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन भएको छ । अर्जुन रसाइलीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको हो ।

असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९, १० र ११औं बार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्विाचित भएको हुन् ।

शनिबार भएको निर्वाचनमा कुल ४ सय ४६ मतदाता थिए । त्यसमध्ये ४ सय ३५ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष रसाइलीले २ सय ५० मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन् । अधयक्षका अर्का प्रत्यासी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले १ सय ८४ मत प्राप्त गरेका थिए ।

कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, दित्तिय उपाध्यक्षमा वुद्धि दियाली, तृतिय उपाध्यक्षमा रुपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभभाई बज्राचार्य निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्धमशुन्दर शाक्य निर्वाच्ति भएका छन् ।

यस्तै प्रत्येक प्रदेशवाट २ जनाका दरले निर्वाचित हुने सदस्यमा कोसीबाट राजकुमार गुप्ता र जयप्रकास गजमेर, मधेशबाट विकास कुमार सारडा र मनोज कुमार सर्राफ, बागमतीबाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीवाट हिमवहादुर विश्वकर्म र विनोदकमार विक चयन भएका छन्। यस्तै, लुम्विनी प्रदेशबाट भीमसिंह विके र संजय सोनी, कर्णालीबाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदुरपश्चिमबाट गणेशबहादुर सुनार र रमेश बहादुर सुनार निर्वाचित भएका छन् ।

यस्तै नगर संघवाट बिमल कुमार बेगवानी, टिकाराम लामगादे र दिनेश साह सोनार निवाचित भएको छन् ।

यता, खुल्ला सदस्यतर्फ जीवनज्योति बिश्वकर्मा, राजेन्द्र सुनार, चेत नारायण विश्वकर्मा, राजभाई बज्राचार्य, नरेन्द्र बिश्वकर्मा, मनकाजी बिश्वकर्मा, लोमकहादुर सुनार, हेमराज शक्य र तारा बहादुर सुनार चयन भएका छन् ।

त्यसैगरि महिलातर्फवाट सिता बिश्वकर्मा र रितु बिश्वकर्मा, वस्तुगतबाट चित्र वहादुर महाल र एसोसिएटस्वाट सुजित शाक्य निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्