महँगियो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति बढ्यो ? « Arthapath.com
१६ असार २०८१, आईतवार

महँगियो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति बढ्यो ?



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । उक्त वृद्धि भएको मूल्य आजै राती १२ बजेदेखि लागू हुने छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज (जुन ३० तारिक) मा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४१ पैसा र डिजेल ४ रुपैयाँ ९१ पैसाले वृद्धि भई आएको निगमको भनाई छ।निगमका अनुसार इन्धन र एलपी ग्यासको भाउ भने यथावत छ । यसमा कुनै घटबढ भएको छैन ।

प्रेस-2081.03.16-2024.06.30


प्रतिक्रिया दिनुहोस्