भिभो वाई–२९ स्टाईल र पावरको अद्भुत संयोजन बजारमा छिट्टै सार्वजनिक « Arthapath.com
२९ चैत्र २०८१, शुक्रबार

भिभो वाई–२९ स्टाईल र पावरको अद्भुत संयोजन बजारमा छिट्टै सार्वजनिक



काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो लोकप्रिय वाई–सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई–२९ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

अप्रिल महिनामा औपचारिक रूपमा सार्वजनिक हुने यो स्मार्टफोन, विगतमा अत्यन्तै सफल रहेको भिभो वाई–२८ को उत्तराधिकारीको रूपमा आएको छ।

भिभो वाई–२९ केवल स्मार्टफोन मात्र नभई दमदार स्टाइल स्टेटमेन्ट रहेकाे छ । प्रारम्भिक जानकारी अनुसार, आकर्षक मेटालिक हाइ–ग्लोस फ्रेममा तयार गरिएको यो डिभाइस नोबल ब्राउन र एलेगेन्ट ह्वाइट रंग विकल्पहरूमा उपलब्ध हुनेछ, जसले फेसनप्रेमी प्रयोगकर्ताहरूलाई विशेष ध्यानमा राखेको देखिन्छ ।

यस फोनको विशेषता भनेको यसको ६ हजार ५ सय एमएएच पावरफुल ब्याट्रीे छ। जसमा ४४ वाट फ्ल्यास चार्जकाे सुविधा रहेकाे छ । एन्टी-ड्रप आर्मर डिजाइन / स्कट ग्लासको प्रयोगले यसलाई अल्ट्रा–रिलायबल डिभाइस बनाएको छ । प्रोसेसिङ क्षमता हेर्दा, यसमा क्वालकम स्न्यापड्रैगन ६ सय ८५ चिपसेट प्रयोग गरिएको छ, जुन ८ + ८ जिबीको विस्तारित र्‍यामको साथ आउँछ, जसले यसलाई स्मूथ मल्टीटास्किङ र ल्यागफ्री पर्फमेन्सकोलागी सक्षम बनाउँछ ।

मनोरञ्जनप्रेमी प्रयोगकर्ताका लागि, यो डिभाइस एक सम्पूर्ण प्याकेज हो । यसमा ५० एमपी मुख्य क्यामेरा, १२० हर्टज रिफ्रेश रेट भएको टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४ सय प्रतिशत अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचरहरू रहेका छन् – जसले ग्यामिङ, स्ट्रिमिङ वा भिडियो कलिङलाई अझ रोमाञ्चक बनाउँछन् । नयाँ पुस्ताका प्रयोगकर्ताहरूका लागि भिभो वाई–२९ धेरै शक्ति, स्मार्ट फिचरहरू सहित बजारमा आउदै छ ।


प्रतिक्रिया दिनुहोस्