म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरु सार्वजनिक

काठमाडौं । विश्वव्यापी रूपमा प्रसिद्ध एक्सेसरिज ब्रान्डले म्याकडोडोले नेपाली बजारमा पाँचवटा नयाँ उत्कृष्ट प्रोडक्टहरु सार्वजनिक गरेको छ ।
म्याकडोडोले नेपाली बजारमा सिएच ४११० स्मार्ट चार्जर, सिएच ४०२०/४०२१ पोर्टेबल फास्ट चार्जर, एचपि ४०९० इएरबड १४४० हेडफोन तथा बिएड १४१० वायरलेस स्पीकर सार्वजनिक गरेको हो ।
म्याकडोडोकाे सिएच १४१० मोडलको स्मार्ट चार्जरमा लचिलो केबल भएकाले सजिलै फोन चार्ज गर्न सकिन्छ । यसमा जिएएन टेक्नोलोजीको प्रयोग गरिएको छ। जसले गर्दा फोन छिटो र सुरक्षित तरिकाले चार्ज हुन्छ । साथै, यसले तापक्रम नियन्त्रण गर्नुका साथै बढि भोल्टेज वा बढि करेन्ट प्रवाहबाट पनि जोगाउछ भने एन्टी इन्टरफेरेन्स र सर्ट सर्किट प्रोटेक्सन सुविधा पनि छ । यो आकर्षक चार्जरको मुल्य रु ६ हजार १ सय रहेको छ ।
म्याकडोडोकाे सिएच ४०२०४०२१ पोर्टेबल फास्ट चार्जरमा २० वाटको १सि फास्ट चार्जिङ टेक्नोलोजी रहेको छ जसले तपाईंको आईफोन ८ देखि १४ सिरिजसम्मका आईफोनहरुलाई ४ गुणासम्म छिटो चार्ज गर्दछ । सेतो र कालो गरी दुई कलर अप्सनमा उपलब्ध यो चार्जर मात्र रु २ हजार १ सयमा उपलब्ध छ ।
त्यस्तै म्लेयाकडाेडाेले एचपि ४ हजार ४ सय ९० मोडलको स्लीप मोड इयरबड सार्वजनिक गरेको छ । उल्ट्रा–थिन डिजाइनमा उपलब्ध उक्त इयरबड विशेष गरी निदाउँदा पनि लगाउन मिल्ने गरी बनाइएको छ । यसमा ६ घण्टाको प्लेब्याक टाइम रहेको छ र चार्जिङ केसको प्लेब्याक टाइम २१ घण्टा रहेको छ । यसमा १२ महिनाको वारेन्टी रहेको छ भने यसको मुल्य रु ३ हजार ४ सय रहेको छ ।
म्याकडोडोकाे १ हजार ४ सय ४० हेडफोनमा एक्टिभ न्वाइज क्यानसीलेशन टेक्नोलोजी रहेको छ, जसबाट उत्कृष्ट म्यूजिक वा गेमिङको आनन्द लिन सकिन्छ । यसमा ६० देखि ७० घण्टाको ब्याट्री लाइफ रहेको छ भने एक्टिभ न्वाइज क्यानसीलेशन मोडको टाइम ३० देखि ३५ घण्टा छ । साथै यसमा वायरलेस कनेन्टिभिटीका लागी ब्लूटुथ ५ं.३ छ भने स्टेबल कनेक्शन रुचाउनेका लागि वायर्ड अप्सनमा पनि उपलब्ध छ । उक्त हेडफोनमा एलईडी डिस्प्ले, भोल्युम कन्ट्रोल तथा आइपियक्स-३ वाटरप्रूफ स्ट्यान्डर रहेको छ । यो हेडफोनमा पनि १२ महिनाको वारेन्टी रहेको छ भने रु ६ हजार ५ सयको मुल्यमा उपलब्ध छ ।
त्यस्तै, म्याकडाेडाेले बसएस १ हजार ४ सय १० मोडलका पोर्टेबल वायरलेस स्पीकर पनि सार्वजनिक गरेको छ । आईपिएक्स-४ वाटरप्रूफ, ह्याङ्गिङ स्ट्याप, डायाफाम, डुअल ५ वाट स्पीकर, ५ं.१ ब्लूटुथ, १२ सय एमएएच लगायतका विशेषताहरु उक्त वायरलेस स्पीकरमा रहेको छ । यसमा पनि १२ महिनाको वारेन्टी रहेको छ भने मात्र रु ५ हजार ४ सयमा नेपाली बजारमा उपलब्ध रहेको छ ।
म्याकडाेडाेले नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि १० गतेसम्म यी पाँचवटै नयाँ प्रोडक्टहरुमा १० प्रतिशत छुट प्रदान गरिरहेको छ । ग्राहकले देशभर रहेका विभिन्न खुद्रा बिक्रेता पसल, अनलाइन मार्केटप्लेस दराज तथा खल्ती एपबाट एमसीडोडोका एक्सेसरिज सजिलै खरिद गर्न सक्नेछन् । नेपालका लागि उक्त ब्रान्डको आधिकारिक विक्रेता एडुटेक इन्टरनेसनल प्रालि रहेको छ ।
आईफोनप्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्तालाई सहजीकरण गर्न एडुटेकले म्कायाकडाेडाेले विभिन्न एक्सेसरिज नेपालमा भित्र्याउदै आइरहेको छ । म्कायाकडाेडाेका उत्पादन उच्च गुणस्तरीय, सुरक्षित, भरपर्दो र प्रयोगका लागि सहज मानिन्छन् । यसका उत्पादन युरोप, अमेरिका, दक्षिण एसिया लगायत विश्वका १०० भन्दा बढी देशमा उपलब्ध छन् ।