कीर्तिमानी उचाईबाट झर्यो सुनको भाउ, आज तोलामै साढे ७ हजार रुपैयाँ घट्यो « Arthapath.com
१० बैशाख २०८२, बुधबार

कीर्तिमानी उचाईबाट झर्यो सुनको भाउ, आज तोलामै साढे ७ हजार रुपैयाँ घट्यो



काठमाडौं । बुधवार सुनको भाउ प्रतितोला साढे सात हजार रुपैयाँ घटेको छ । मंगलबार कीर्तिमानी उचाई कायम गरेको सुनको भाउ ह्वात्तै घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ । जबकि, मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साताको चौंथो कारोबार दिन चाँदीको भाउ पनि घटेको छ । आज तोलामा ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्