सुन चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो ।
शुक्रबार १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । शुक्रबार १० रुपैयाँले घटेको हो ।अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदी आज २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।