सामान्य बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो ।
आइतबार सुन प्रतितोला १ लाख ८९ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । शुक्रबार १० रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार रुपैयाँमा कारोबार भएको थियो ।