निर्मला पन्तका लागि न्याय माग्दै बार एशोसिएसनको वेबसाइट ह्याक

कठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक भएको छ । ह्यारी १३३७ को नाममा इण्डियन साइबर ट्रुप्सले यो वेबसाइट ह्याक गरी आफ्नो लोगो अपलोड गरेको छ ।
ह्याकरले वेबसाइटमा बलात्कारपछी हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको तस्वीर अपलोड गर्दै ‘सात सय ५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझ मौन छ । हामी निर्मला पन्तको न्याय चाहन्छौं,’ भन्ने सन्देश छोडेको छ ।
२०७५ साउन ११ गते १३ वर्षीया बालिका निर्मलाको कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।