एफएनसीसीआईको निर्वाचनमा दलको चासो बढ्यो, नेकपा र काङ्ग्रेसका नेतै पिच्छेका उम्मेदवार

काठमाडौं । उद्योगी व्यावसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन भोली शनिबार हुँदैछ । ५४ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले बरिष्ठ उपाध्यक्ष लगायतका पदमा निर्वाचन हुन लागेको हो । महासंघको विधान अनुसार शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने निश्चित भैसकेको छ ।
उद्योगी व्यावसायीहरुले जतिसुकै राजनिती हुँदैन भनेपनि यसपालीको निर्वाचनमा आफ्ना पक्षलाई समर्थन गर्न मत मागिदिन व्यापारीहरु नेताको दैलोमा पुगिसकेका छन । अहिले मुख्य दुई प्यानलमा सत्तारुढ र प्रतिपक्ष दलभित्र पनि आ–आफ्नै उम्मेदवारको पक्षमा देखिएका छन ।
अहिले मुख्यत प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको समर्थन बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाललाई देखिएको छ । नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठका छोरा उमेशलाल श्रेष्ठ ढकाल पक्षबाट बस्तुगत उपाध्यक्षका उम्मेदवार बनेकाले नेकपा भित्र पनि पुर्व एमाले पक्षले ढकाल प्यानललाई समर्थन गरेका छन ।
यद्धेपी ढकाल कुनै पार्टी नजिक नभए पनि श्रेष्ठको कारणले ढकाललाई नेकपाको सर्मथन रहेको बुझ्न सकिन्छ । बागलुङका ढकाल पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई निकट व्यापारी मानिन्छन । तर भट्टराईले पुर्व माओवादीको साथ छाडेपछि ढकाललको त्यति हिमचिम भने देखिदैन ।
नेकपाकै अर्का अध्यक्ष प्रचण्ड भने किशोर प्रधान प्यानलको पक्षमा देखिएका छन । आफ्ना आर्थिक मामिला हेर्ने अजय सुमार्गीका भाई अरुणराज सुमार्गी प्रधान प्यानलबाट केन्द्रीय सदस्यका उम्मेदवार भएकाले प्रचण्डपक्षीय व्यापारीहरुको साथ प्रधान प्यानललाई देखिएको छ ।
उता काङ्ग्रेसको पनि पुर्ण समर्थन एकै पक्षलाई देखिदैन । काङ्ग्रेस सर्मथकहरुको जिल्ला नगरमा तुलनात्मक रुपमा बलियो संघठन छ । ५० प्रतिसत मतभार रहेको जिल्ला नगरमा नेकपाको तुलनामा काङ्ग्रेसको मत केही बढी छ । काङ्ग्रेस सभापती शेरबहादुर देउवाभने प्रधानलाई जिताउन आफुनिकट व्यावसायीहरुलाई निर्देशन दिइसकेका छन । उता काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका व्यापारीहरु भने ढकालको पक्षमा देखिएका छन । पौडेल पक्षका व्यापारी गुणनिधी तिवारी ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षका उम्मेदवार रहेका छन ।