कसमस सिमेन्टले तिरेन सरकारलाई २६ करोड बक्यौता, कार्यकारी निर्देशक थापा र पुर्वप्रमुख काफ्लेको संलग्नता « Arthapath.com
३ पुष २०७७, शुक्रबार

कसमस सिमेन्टले तिरेन सरकारलाई २६ करोड बक्यौता, कार्यकारी निर्देशक थापा र पुर्वप्रमुख काफ्लेको संलग्नता



काठमाडौं । कसमस सिमेन्ट उद्योग प्रालिले राज्यलाई २६ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता रकम अझै तिरेको छैन । नेपाल विद्युत प्राधिकरणले उद्योगलाई दिएको डेडिकेटेड ट्रंक लाइन अन्र्तगत सेवाको विद्युत लिएर अझै पैसा नतिरेको रहस्य खुलेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष प्रदिपजंग पाण्डे अध्यक्ष रहेको सो सिमेन्ट उद्योगले सरकारलाई २०७२ सालदेखीको विद्युत बक्यौता तिरेको छैन । धनुषा जिल्लाको मिथिला नगरपालिकामा सञ्चालनमा रहेको कसमस सिमेण्ट उद्योगले नेपाल विद्युत प्राधिकरणद्वरा ब्यापारिक क्षेत्र÷उद्योगलाई प्रदान गर्दै आएको डेडिकेटेड ट्रंक लाइन सेवा अन्तर्गत महेन्द्रनगर वितरण केन्द्रलाई २०७२ सालदेखि हालसम्म गरि २५ करोड ८० लाख रुपैयाँ बराबरको बक्यौता रकम तिर्न बाँकी रहेको खुलेको छ । उक्त वितरण केन्द्रमा कार्यरत एक उच्च कर्मचारीले आफ्नो नाम नखुलाउने शर्तमा जानकारी अर्थपथलाइ दिए ।

कसमस सिमेन्टको कार्यकारी निर्देशकमा नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्ष रहेका ई. ध्रुव थापा रहेका छन् । सबैलाई उद्योगको पाठ सिकाउनुपर्ने थापा आफै बक्यौता बाँकी राखेर बसेका छन् । कसमस सिमेण्ट उद्योगका मालिलको तत्कालिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेसँगको निकट संबन्धको आधारमा २०७२ सालदेखि नै डेडिकेटेड ट्रंक लाईन सेवा अन्तर्गतको भुक्तानी बाँकि राख्दै आएको एक अनुसन्धानले खुलेको छ ।

उक्त सिमेण्ट उद्योग कार्यकारी निर्देशक तथा नेपाल सिमेण्ट उत्पादक संघका अध्यक्ष समेत रहेका ई. ध्रुव थापा र नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक काफ्ले दुवैजना नेपाली कांग्रेस निकट लोकतन्त्रवादी इन्जिनियरहरुको समूहमा आवद्ध रहँदै आएका छन् ।

उद्योगी थापा र पूर्व प्रमुख काफ्लेले आफ्नो सिमित स्वार्थमा रही राज्यलाई तिर्नुपर्ने ठूलो धनराशीबाट पछि हट्दै आएका छन् । हाल सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपालको आसन्न निर्वाचनमा अध्यक्ष प्रत्यसी ध्रुव थापाको समर्थक रुपमा पूर्व प्रमुख काफ्ले रहनुबाट पनि स्पष्ट भएको छ । ईन्जिनियर्सको निर्वाचनमा अध्यक्षका प्रत्यासी ध्रुव थापको समर्थकका रुपमा पुर्वप्रमुख काफ्ले रहनुबाट पनि उनिहरुको निकटता स्पष्ट भएको छ ।


प्रतिक्रिया दिनुहोस्