प्रचण्डलाई टेरेनन् आफैले सिफारिस गरेका दुई मन्त्रीले, गृहमन्त्री थापा र उद्योगमन्त्री भट्ट ओलीको कदमको पक्षमा « Arthapath.com
५ पुष २०७७, आईतवार

प्रचण्डलाई टेरेनन् आफैले सिफारिस गरेका दुई मन्त्रीले, गृहमन्त्री थापा र उद्योगमन्त्री भट्ट ओलीको कदमको पक्षमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषदको सिफारिसमा संसद विघटनगरी नयाँ जनमतमा जाने घोषणासहित निर्वाचन मिती तोकिएको छ । प्रधानमन्त्रीको कदमप्रति असहमती जनाउँदै ४ मन्त्रीले मन्त्रीपरिषद बैठकमै आपत्ती जनाए भने साँझ प्रचण्ड र माधव नेपाल पक्षका ७ मन्त्रीले राजिनामा दिए ।

ओली सरकारमा प्रचण्डपक्षका ७ र माधव नेपालपक्षका २ जना मन्त्री रहेका छन । सरकारमा रहेका ७ मन्त्रीले राजिनामा दिँदा प्रचण्डपक्षका २ मन्त्रीले पनि प्रचण्डलाई पुछेनन । गुटगत भेला गरी सरकार असफल बनाउन प्रचण्ड–नेपाल पक्ष लागिपरेको भन्दै २ मन्त्रीले राजिनामा दिएका छैनन ।

ओलीको यसअघिदेखीनै बचाउ गर्दै आएका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट प्रचण्डकै सिफारिसमा सरकारमा गएका हुन । पछि प्रचण्डले पटक पटक प्रधानमन्त्रीलाई दुईमन्त्रीलाई हटाउन आग्रह गरेपछि उनले हटाएका थिएनन् ।

आज दिउसो सिंहदरवारमा माधव नेपाल पक्षका दुई मन्त्री र प्रचण्डपक्षका ५ मन्त्रीले ओलीको कदम निरंकुस भएको भन्दै राजिनामा दिएका छन । तर प्रचण्डपक्षका गृहमन्त्री रामबहादुर थापा वादल र उद्योगमन्त्री लेखराज भट्ट भने ओली समुहमा खुलेको देखियो । प्रचण्डले् गरेको आग्रहलाई दुई मन्त्रीले लत्याइदिएका छन ।

१३ वर्ष संगै जनयुद्ध लडेका बादल र भट्टले पनि प्रचण्डलाई साथ दिएनन ।


प्रतिक्रिया दिनुहोस्