महिला उद्यमी महांसघको ८ औं महाधिवेशन र साधारण सभा सम्पन्न « Arthapath.com
११ पुष २०७८, आईतवार

महिला उद्यमी महांसघको ८ औं महाधिवेशन र साधारण सभा सम्पन्न



काठमाडौं । महिला उद्यमी महासघं नेपाल वि स २०६० स्थापित एक गैरनाफा मुलक सस्थां हो । नेपाल भरीका उद्यमी महिलाहरुको प्रतिनिधि (छाता) सस्ंथाको रुपमा रहेको छ । सस्ंथाले स्थापनाकाल देखि नै महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरणको क्षेत्रमा पैरवी, संजालहरुको विस्तार, सूचनाको प्रवाह, क्षमता अभिबृद्घि, ब्यवसायिक परामर्शका साथै महिला उद्यमीहरुका आवश्यकताहरु र चुनौतिहरु पुरा गरिरहेको छ । देशभरिका महिला उद्यमीहरुका लागि ब्यवसायिक विकास तथा प्रवद्र्घनमा समावेशी तवरले विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

महिला उद्यमी महांसघको पौष ८ र ९ गते ८ औं महाधिवेशन तथा १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष ८ गते ८ औं महाधिवेशनको आयोजना गरिएको थियो । महांसघकी महासचिव सुनिता वैद्य श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । उनले आगामी वर्षका लागि तय गरिएको कार्ययोजना पनि प्रस्तुत गरिन् । त्यस्तै महांसघको कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । साथै महाधिवेशनले महिला उद्यमी महांसघको नयाँ कार्यकारिणी समिति चयन गरेको छ । नेपालको प्रादेशिक संरचना अनुरुप सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति सदस्यहरुको चयन गरेको थियो । २५ सदस्यहरुको कार्यकारिणी समिति बनेको छ । निर्वाचित हुने कार्यसमितिको नामावली निम्नानुसार रहेको छ ।

नामावली पद
१ श्री नीरु रायमाझी खत्री अध्यक्ष
२ श्री शोभा ज्ञवाली प्रथम उपाध्यक्ष
३ श्री दर्शना श्रेष्ठ द्धितिय उपाध्यक्ष
४ श्री सुनिता वैद्य श्रेष्ठ तृतिय उपाध्यक्ष
५ श्री बासन्ती प्रधान चौथो उपाध्यक्ष
६ श्री महालक्ष्मी श्रेष्ठ महासचिव
७ श्री सविता सुवेदी सचिव
८ श्री कुन्नम पोखरेल कोषाध्यक्ष
९ श्री सुमित्रा पलाञ्चोके कार्यकारिणी सदस्य
१० श्री दिपा थपलिया कार्यकारिणी सदस्य
११ श्री नीता प्याकुरेल कार्यकारिणी सदस्य
१२ श्री श्रद्धा जोशी कार्यकारिणी सदस्य
१३ श्री सोनी जोशी कार्यकारिणी सदस्य
१४ श्री हेमा विष्ट कार्यकारिणी सदस्य
१५ श्री कृती श्रेष्ठ कार्यकारिणी सदस्य, प्रदेश नं १
१६ श्री देव कुमारी पौडेल कार्यकारिणी सदस्य, प्रदेश नं २
१७ श्री अर्पना प्रधान भण्डारी कार्यकारिणी सदस्य, प्रदेश नं ३
१८ श्री पार्वती पौडेल कार्यकारिणी सदस्य, प्रदेश नं ४
१९ श्री सरस्वती शर्मा कार्यकारिणी सदस्य, प्रदेश नं ५
२० श्री कविता सोडारी कार्यकारिणी सदस्य, प्रदेश नं ६
२१ श्री मीना फुलारा कार्यकारिणी सदस्य, प्रदेश नं ७
२२ श्री आरती नेपाल कार्यकारिणी सदस्य, आमन्त्रित
२३ श्री मल्लिका श्रेष्ठ कार्यकारिणी सदस्य, आमन्त्रित
२४ श्री कार्यकारिणी सदस्य, मनोनित
२५ श्री कार्यकारिणी सदस्य, मनोनित

पौष ९ गते शुक्रवारका दिन कुपण्डोल स्थित होटल हिमालयमा दिउँसो १२ बजे देखि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी रहेकी थिइन् भने निर्वतमान अध्यक्ष रीता सिंहले स्वागत मन्तव्यबाट कार्यक्रमको शुरुवात गरिन् ।


प्रतिक्रिया दिनुहोस्