आफ्नै पद जोगाउन एमसिसी पारित गरे सभामुख शापकोटाले, दुई पटक भागेका अर्थमन्त्री कसरी भए यूटर्न ? « Arthapath.com
१५ फाल्गुन २०७८, आईतवार

आफ्नै पद जोगाउन एमसिसी पारित गरे सभामुख शापकोटाले, दुई पटक भागेका अर्थमन्त्री कसरी भए यूटर्न ?



काठमाडौं । गत साउदेखी प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका विच गरे सरकारले अमेरिकी सहयता परियोजना एमसीसी संसदबाट पारित गरेको छ । संसदमा समान्य छलफलका लागि पेस भएको एमसिसी बहुमतले पारित भएको सभामुख अग्नि सापकोटाले बताएका छन् ।

सरकारको दवावमा पनि प्रचण्डको आदेशमा संसद रोक्दै आएका सभामुख अग्नि सापकोटाले आइतबार एमसिसी संसदमा सलफलको लागी पेश गरेका थिए । प्रचण्डकै इसारामा एमसिसी टेवल गर्न छाडेर भागेका अर्थमन्त्री पनि आइतबार यूटर्न भएर सांसाहरुले उठाएको प्रश्नमा बचाउमा जवाफ दिन बाध्य भए ।

कांग्रेस जसरीपनि एमालेको सहायता लिएर भएपनि एमसिसी पास गर्ने भएपछि एमालेले उठाएको सभामुखमाथीको महाअभियोग र एमालेबाट छुट्टिएर गएका १४ जना सांसदको पद जाने डरले एकिकृत समाजवादी र माओवादीको साथमा एमसिसी पास भएको हो ।

यसअघि २ पटकसम्म एमसिसी पेश गर्नबाट भागेका अर्थमन्त्री जनार्दन शर्माले आइतबार छलफलका लागि संसदमा पेस गरेका थिए । एमालेका सांसदहरूको अवरोधबीच सरकारले एमसीसी छलफलको लागि पेश गरेको थियो ।

अवरोधका विच समान्य छलफलपछि सरकारले एमसिसी पास गरेको छ । सत्ता घटक दलहरुविच पद जोगाउनको लागी गठबन्धन जारी राख्दै एमसिसी पास गरेका हुन् । गठबन्धनले सहयोग नगर्दा एमालेको साथ लिन तयार भएका प्रधानमन्त्री शेरबहादुर देउवा अन्तत गठबन्धनकै सहयोगमा विवादस्पद एमसिसी पास गर्न तयार भएका हुन् ।

५० अर्व सहयोगको सो प्रश्तावमाथी राष्ट्रियतासंग जोडेर समाजका प्रबुद्ध बर्गले प्रश्न उठाउँदै आएका थिए । एमसिसीको विरोधमा संसद भवन परिसरमा शत्ताधारी पार्टीकै युवा विद्यार्थीले निरन्तर आन्दोलन गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्