बचत तथा ऋण सहकारीलाई मर्ज गरिने « Arthapath.com
१ जेष्ठ २०८१, मंगलवार

बचत तथा ऋण सहकारीलाई मर्ज गरिने



काठमाडौं । सरकारले बचत तथा ऋण सहकारीलाई मर्ज गर्ने नीति लिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले सरकारको सेयर स्वामित्व भएका सहकारी संस्थालाई एकीकरण गर्ने जानकारी गराए । उनले भने, ‘सरकारको स्वामित्व भएका सहकारीलाई एकीकरण गरिने छ । बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने छ ।’


प्रतिक्रिया दिनुहोस्