सेयर बजारलाई जुवाघरको टिप्पणीले समस्या पारेको हो, अब अर्थतन्त्रको ऐनाको रूपमा हेरिन्छ: अर्थमन्त्री पौडेल « Arthapath.com
३१ असार २०८१, सोमबार

सेयर बजारलाई जुवाघरको टिप्पणीले समस्या पारेको हो, अब अर्थतन्त्रको ऐनाको रूपमा हेरिन्छ: अर्थमन्त्री पौडेल



काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको सबै क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताए ।

सोमबार पदभार ग्रहण गर्दै नवनियुक्त अर्थमन्त्री पौडेले यस्तो बताएका हुन् । पदभार ग्रहण गर्दै उनले विकास वित्तका नयाँ विकल्पको खोजि गर्ने सम्बन्धमा संस्थागत अध्ययन गर्ने, खोजि र कार्यान्वयन गर्ने निर्णय गरेका छन् । संयुक्त सरकारबाट राजनीतिक स्थिरता दिने प्रतिवद्धता व्यक्त गरे । विकास न्यायका सन्दर्भमा अघि बढ्न विश्वास व्यक्त गरे ।

सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेरिने बताए । ‘सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा हेरिन्छ । जुवाघरको टिप्पणीले समस्या पारेको हो । सन्तुलित ढंगले अघि बढ्ने छौं’, मन्त्री पौडेलले भने ।

मुख्य रूपमा मानिसहरूको गुमेको आत्मविस्वास बढाउने काम गर्ने बताए । उनले भने,‘बजेट बाधक बन्दैन। कार्यान्वयनमा कुनै समस्या महसुस भयो भने सल्टाउँछौं ।’

पौडेलले नयाँ सरकारका लागि बजेट बाधक नबन्ने बताए । बजेटको कार्यान्वयनमा समस्या आएमा कानुनी बाटोहरु खुला रहेको पौडेलको भनाई छ । ‘हाम्रो सरकारको दृष्टिकोण, नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । कार्यान्वयनमा कुनै समस्या महसुस भयो भने त्यसको निरुपण गर्न कानुनी र संवैधानिक बाटोहरु छन्’, मन्त्री पौडेलले भने ।

आयकर ऐन २०५८ को दफ ५७ मा हेरफेरको विषयमा भने पछि बोल्ने बताए । उनले भने,‘ दफा ५७ को बारेमा राष्ट्रिय सभा र त्यसपछिको प्रतिनिधि सभामा बोल्छु । तपाईहरुलाई त्यही आमन्त्रण गरे ।’


प्रतिक्रिया दिनुहोस्