डेडिकेटेड र ट्रंक लाइन विवाद: तत्काल उद्योगमा लाइन जोड्न प्राधिकरणलाई ओलीको निर्देशन « Arthapath.com
४ श्रावण २०८१, शुक्रबार

डेडिकेटेड र ट्रंक लाइन विवाद: तत्काल उद्योगमा लाइन जोड्न प्राधिकरणलाई ओलीको निर्देशन



काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद उद्योगमा काटिएको लाइन तत्काल जोडन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

शुक्रबार भएको उद्योगी, नेपाल विद्युत प्राधिकरण र सरोकारवाला निकायसँगको संयुक्त छलफल मार्फत तत्तकाल उद्योगहरुमा लाइन जोड्न निर्देशन दिइएको हो ।

छलफलमा उद्योग मन्त्री दामोदर भण्डारी, ऊर्जा मन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीको तर्फबाट नेतृत्व गरिरहेका उद्योगीलाई छलफलका लागि बोलाएका थिए । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादलामो समयदेखि चलिरहेको छ ।

शुक्रबारको छलफलमा महसुल विवाद भने थप अध्ययन गर्ने निर्णय समेत भएको छ। अब उद्योगी र प्राधिकरणका तर्फ उठ्ने विषयहरुको विस्तृत अध्ययन गरि ठोस निष्कर्ष निकालिने भएको छ । सोही अध्ययनकै आधारमा मन्त्रिपरिषदबाट निर्णय हुने बताइएको छ।

प्रधानमन्त्री ओलीको निर्देशन बमोजिम तत्काल उद्योगहरुमा विद्युत सूचारु गर्न प्राधिकरण संचालक समितिलेको बैठकले निर्णय लिने कार्यकारी निर्देशक घिसिङले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्