समृद्धिको लागि सामूहिक उत्पादनमा जोड दिनुपर्छ : प्रधानमन्त्री ओली « Arthapath.com
२८ चैत्र २०८१, बिहीबार

समृद्धिको लागि सामूहिक उत्पादनमा जोड दिनुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लागि सामूहिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधरणसभामा बोल्दै प्रधानमन्त्री ओलाीले अब सामुहिकतमा जानुपर्ने बताएका हुन् ।

’अब एउटा परिवारले मात्र उत्पादन गरेर हुँदैन। अब सामूहिकतामा जानैपर्छ । हाम्रा ढाँचा, शैली र तरिका फेरिनुपर्छ’ उनले भने ।

अब नयाँ–नयाँ उद्योगहरू, नयाँ नयाँ क्षेत्रका उद्योगहरु, नयाँ–नयाँ वस्तु उत्पादन गर्ने उद्योगहरु स्थापना गर्न सकिने र आत्मनिर्भरतातर्फ आयातलाई हटाउनेतर्फ जोड दिनुपर्ने उनले बताए ।

उत्पादन ठूलो मात्रामा वृद्धि भएपछि निर्यात वृद्धितर्फको ध्यान दिनसके उत्पादन वृद्धि हुने र अर्थतन्त्रमा टेवा पुग्ने उनले बताए । उनले नेपालमै बनेको नेपाली वस्तु प्रयोग गर्न पाउनुपर्ने बताए ।

अब प्रविधि आयात गरेर, हरेक उत्पादनमा प्रविधिको प्रयोग गर्नुपर्ने उनले बताए । निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकार लागिरहेको पनि जानकारी दिए ।

अहिलेको सरकार स्थिरता र स्थायित्वका लागि बनेको प्रस्ट्याउदै सुशासन र विकासका लागि पर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्