अमेरिकी डलरको भाउ दिनप्रतिदिन बढ्दै

काठमाडौं । अमेरिकी डलरको भाउ दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा निर्धारण गरेको छ । यो सर्वाधिक उच्च मूल्य हो ।
चीनबाट फैलिन सुरु गरेको कोरोना भाइरसको संक्रमण विश्वभर देखिएको छ । कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ ।