एनसेलले बुझायो १४ अर्व ३३ करोड लाभकर, सीम पुन प्रयोग गर्ने युवाहरुको प्रतिवद्धता

काठमाडौँ । सरकारलाई लाभकर बुझाउनुपर्ने एनसेलले सबै कर बुझाएको छ । लामो समयदेखी एनसेलले आफूले बुझाउनुपर्ने कर सरकारलाई बुझाएको थिएन । आईतवार एनसेलले बुझाउनुपर्ने १४ अर्व ३३ करोड सरकारलाई कर बझाएको हो । एनसेलले बसझाउनुपर्ने कर नबुझाँउदा ग्राहकहरुले एनसेल सिम नै प्रयोग गर्न छोडेका थिए । नेपाल कम्न्यूष्ट पार्टी (विप्लव)ले कर नबुझाएको भन्दै देशभरिका विभिन्न टावरमा आगजनी र विष्फोट गर्दै आएको थियो । सरकारलाई कर बुझाएपछि विप्लवले अन्य कम्पनीलाई कर बसझाउन माग गरेको छ ।
एनसेलले यसअघि ९ अर्ब १० करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको थियो भने दोस्रो थप १४ अर्ब ३३ करोड रुपैयाँ तिरेको हो । एनसेलले लाभकर र जरिवानासमेत गरी २४ अर्ब ४३ करोड रुपैयाँ चुक्ता गरेको ठूला करदाता कार्यालयले जनाएको छ । सर्वोच्च अदालतको भदौ ९ गते एनसेलले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको थियो । लामो समयदेखी एनसेलले कर नबुझाउँदा एनसेलको सीम प्रयोग गर्न छोडेको र कर तिरेपछि एनसेलको सीम प्रयोग गर्ने युवा प्रताप खड्काले बताए । उनले भने “एनसेलले कर नतिरेको भन्दै सीम प्रयोग गर्न छोडेको थिए, अव कर तिरेपछि पुन प्रयोग गर्ने छु, आगामी दिनमा सरकारलाई तिर्नुपर्ने कर निरन्तर तिर्न आग्रह पनि गर्दुछु ।”