जनरल इन्स्योरेन्सका सिईओ भन्छन्- बिमाको काम रोकिएको छैन, ग्राहाकले सेवाबारे जान्ने मौका यही हो

विश्वभरी फैलिएको कोरोना भाईरसका कारण देश ठप्प छ । नेपालमा पनि सरकारले कोरोना नियन्त्रणको लागी गत चैत्र ११ गतेदेखी लकडाउन गरेको छ । सो लकडाउन बैसाख १५ गतेसम्म थप भैसकेको छ । अझै थपिन सक्ने सरकारी अधिकारीहरूको आँकलन छ । सरकारले लकडाउन अवधीमा अत्यावश्यक बाहेक सर्वसाधारणलाई घरमै बस्न भनेको छ । अत्यावश्यक भित्र पर्ने इन्स्योरेन्स क्षेत्रले पनि आफ्नो कारोवार सुचारू गरिरहेको छ । बजारबाट नयाँ बिमा पोलिसि नआएपनि पुराना अवधि पुगेकाको रिन्यु भने अनलाईनबाट भैरहेको बताउँछन जनरल इन्स्योरेन्सका महाप्रवन्धक एसके तमोट । २ वर्षअघि सेवा सुरूगरेको जनरल इन्स्योरेन्स पछिल्लो समय बजारका आक्रामक बनेको थियो । ५ दशकभन्दा बढी इन्स्योरेन्स क्षेत्रमा विताइसकेका तमोट राज्यले इन्स्योरेन्सलाई प्रथामिकतामा नराखेकोमा रूष्ट छन । लक डाउनको अवधिमा पनि अनलाईन सेवा दिईरहेको ईन्स्योरेन्स क्षेत्रको अवस्थाका बारेमा गरिएको कुराकानीः
ननलाइफ बिमा कम्पनिले सेवा कसरी दिईरहेको छ ?
हामीले अनलाईनबाट सेवा दिईरहेका छौँ । कसैले बिमाको अवधी सकिएर रिन्यूको लागी अनुरोध गरेमा हामीले सेवा दिइरहेका छौँ । कुनै बैंकबाट त कुनै व्यक्तिगत अनुरोध आउँछन । रिन्यू गरेर उनीहरुलाई पठाई दिन्छौ । ग्राहाकले बिमा पोलिसिबापतको पैसा बैंकमा जम्मा गरिदिन्छन । हिजो अस्ति अनलाईनवाट जम्मा गर्ने व्यवस्था मिलाएका छौँ । एनआईसी एशिया बैंक, नविल बैंक लगायतका रहेको छ । यतैबाट गरिरहेका छन । डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पनि पैसा बुझाउन सक्छन ।
अनि पोलीसि कसरी दिईरहनु भएको छ ?
पोलीसी खनलाईनबाटै जान्छ । अनि पछि निकाल्छौ ।
अनि कति जति कर्मचारी छन त्यसरी काम गर्ने ?
२ जना फाईनान्सका छन् । तीन जना अन्य छन । क्लेमको एक जना छ । क्लेम आयो भने उसले गर्छ । रकेर्ड गरेर राख्छ । अनि पछि पठउँछ ।
अहिले क्लेमको कति आउँछ ?
क्लेमको त्यति धेरै आएको छैन । दुई तीनवटा जति आएको छ ।
लकडाउनको समयमा पनि ईन्स्योरेन्स कम्पनिहरुले सेवा दिईरहेका छन है ?
दिनु पर्यो त । यहि वेला चाहिने होनी । घरबाट भईरहेको छ । २० दिनजति घरबाटै गरेका हौँ । हेड अफिस जान पाएका छैनौ । हामीहरु चार पाँच जना जति गयौ । बानेश्वरमा अफिस छ । त्यहाँबाट काम भईरहेको छ । स्टाफहरुको नजिकै घर भएकाले काम गरिरहेका छन ।
कति जति शाखामा अनलाईनबाट काम भईरहेको छ ?
अहिले त नेपाल भरिका सबै शाखालाई भनेको हुँ । तर काठमाडौमा २ वटा शाखाबाट काम भईरहेको छ । अनि त्यो बाहेक बुटवल शाखा, मनिग्राम शाखा, पोखरा, धनगढी, विराटनगर, बिर्तामोड, इटहरी, विरगञ्ज, नारायणगढ,भैरहवा लगायतका शाखाबाट अनलाईन बिमा पोलिसि रिन्यु गर्ने काम भईरहेको छ ।
भनेपछि अव ईन्स्योरेन्स कम्पनिहरु पनि डिजिटल ट्रान्जेक्सनमा अग्रसर भए ?
त्यो पहिलेदेख नै हो । हाम्रो त झनै शुरुदेखी डिजिटल नै हो । अहिले अनलाईनबाट अनसाईन पोलीशी जान्छ । बैंकहरुलाई पठाउनु पर्यो भने हामीले पोलीशी निकालेर, हस्ताक्षर गर्यो स्टिकर लगायो अनि त्यसलाई फोटोकपि गरि स्क्यान गरेर पठाउने गरेका छौं र हाम्रो सबै बैंकमा एकाउण्ट हुन्छ । उनीहरुले एकाण्टमा पैसा जम्मा गरिदिन्छन् । रिन्यू गरिदेउ भनेर बैंकले हामीलाई देउ भनेपछि हामीले गर्ने हो । कस्टमरको भौचर दिएपछि हामीले गर्ने हो । अहिले भौचर स्क्यान गरेरै नै काम गर्ने हो ।
अव त लकडाउन थप भयो कसरी काम गर्नुहुन्छ ?
अव पास दियो भने हामी अलि अलि सर्भिस दिन्छौ । पास पाउन गाह्रो छ । लकडाउन अहिले कडा होला जस्तो छ । अव विमा सभिर्स अनलाइन बाहेक विकल्प छैन ।
यस्तो अवस्थामा कस्टमरहरुलाई के भन्नुहुन्छ ?
कस्टमरहरुलाई तपाई आउनुहोस मोवाईल, टेलिफोनमा खवर गर्नुहोस भन्छौ । विभिन्न माध्यमबाट बैंकमा जम्मा गर्न सक्नुहुन्छ उहाँहरुले । खल्ति लगायतबाट पैसा जम्मा गर्नसक्नुहुन्छ । हामीले ईसेवा बन्द भएको छ भन्ने सुनेको छु ।। अव खल्तिा, वालेटबाट मात्र गर्नसक्नुहुन्छ भन्छु म ।
अव यो अनलाईन माध्यमबाट पनि त पैसाको सिमा हुन्छ होला ?
लिमिट नहोला । त्यास्ते हुँदैन होला । धेरै स्लो हो त्यो चल्ने । ग्राहाकले त बैंकमा नै पैसा जम्मा गर्ने वा अनलाईन पेमेन्ट गरेमा हामी तत्काल रिन्यु गर्दिन्छौं ।
ग्राहाकले आफै ईन्स्योरेन्स गर्ने बानि पर्यो हैन ?
हो बानि पर्यो । अव प्रेसर पनि भएन । किनभने सुरक्षित पनि हुनु पर्यो । जस्तै मेरो गाडीको रिन्यू गर्नुपर्यो भनेर भन्दा त्यहि हिसावले गरिदिन्छ । अव कम्पनिको नामले चल्ने भयो यो । जुन कम्पनिले राम्रो काम गर्यो, छिटो काम गर्यो भने उसले ग्राहाकको मन जित्ने भयो । यही बेलामा हो सेवा दिने भनेको ।