खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन्मा जोड दिईने

काठमाडौं । कोरोना महामारीका कारण प्रभावित उद्योगहरुले सहुलियत पाउने भएका छन् । आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभावित उद्योगलाई घोषणा गरेकी हुन् ।
कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । औद्योगिक कार्यहरु सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाईने राष्ट्रपति भण्डारीद्वारा घोषणा भएको नीति तथा कार्यक्रमा उल्लेख छ ।
यस्तै देशभित्र रहेका खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन्मा जोड दिईने पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । अब सरकारले देशभर भएका खानीको उत्खनन गर्ने भएको छ । सरकारले धौवादी फलाम खानी, पट्रोलो खानीका काम अगाडी बढाइ रहेको छ ।