गुगलले राख्यो नेपालको नयाँ नक्साअनुसारको क्षेत्रफल

काठमाडौं । नेपालले यही जेठ ७ गते सार्वजनिक गरेको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार गुगल गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाएको छ ।
नेपाल सरकारले बुधबार आफ्नो भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूमि समेटेनर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । सोहीअनुसार नेपालको गुगलले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो ।
