चिलिमेले कमायो ७४ करोड ८० लाख

काठमाडौं । नेपाली पौरखद्वरा निर्मित चिलिमे जलविद्युत कम्पनीले गत आवमा ७४ करोड ८० लाख नाफा कमाएको छ ।
यो अघिल्लो आर्थिक वर्षको अन्तिमसम्म कम्पनीले ७४ करोड ६२ लाख रुपैयाँ कमाएको सोही अवधिको तुलनामा गत आवमा कम्पनिले १८ लाख ५१ हजार रुपैयाँ बढि कमाएको हो ।
त्यस्तै कम्पनिको समीक्षा अवधिमा वित्तीय आम्दानी ३ करोड २२ लाख रुपैयाँ बढेर १५ करोड २५ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ३ लाख ८८ हजार रुपैयाँ बढेर ६० लाख ४८ हजार पुगेको छ।
५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीको जगेडा कोषमा ४ अर्ब २९ करोड ६२ लाख रुपैयाँ जम्मा रहेको छ । गत आवमा कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।