शिवम् सिमेन्ट्सले १ अर्ब ५ करोड कमायो

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड गत आवमा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत बर्ष ४५ करोड ६२ लाख रुपैयाँ कम कमाएको छ ।
गत बर्ष कम्पनीको बिक्री आम्दानी ११ अर्ब ३४ करोड ५१ लाख रुपैयाँबाट घटेर ९ अर्ब ९० लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै कम्पनिको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३ अर्ब २३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको शेयर प्रिमियम ९४ करोड २ लाख रुपैयाँ छ ।