भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माण ७० प्रतिशत सम्पन्न « Arthapath.com
१ भाद्र २०७७, सोमबार

भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माण ७० प्रतिशत सम्पन्न



काठमाडौं । वि.सं. ०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप जनप्रतिनिधि र स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ ।

कोरोना भाइरसका कारण केही समय काम स्थगित गरिए पनि गत वैशाख दोस्रो साताबाट सुरु भएको काम अहिलेसम्म ७० प्रतिशत सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । पहिलो तलाको सम्पूर्ण काम सकिएको र दोस्रो तलाको काम जारी रहेको उनले बताए ।

६४ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको काष्ठमण्डपको उचाई साढे २६ मिटर रहेको छ । भग्नावशेषबाट संकलन गरिएका केही काठहरु अहिले पनि प्रयोग गरिएको छ । मुख्य चार खम्बामध्ये एक खम्बा पुरानो नै प्रयोग गरिएको छ । पुरानो काठ रेक्टोग्राफि टेष्ट गरेर मात्रै प्रयोग गर्ने गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्