साढे ४ अर्व ३६ करोड नाफा कमाए निर्जीवन बीमा कम्पनीले, कसको कति नाफा ? « Arthapath.com
४ भाद्र २०७७, बिहीबार

साढे ४ अर्व ३६ करोड नाफा कमाए निर्जीवन बीमा कम्पनीले, कसको कति नाफा ?



काठमाडौं । गत बर्ष निर्जीवन बीमाहरुले ४ अर्व ३६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । २० निर्जीवन बीमा कम्पनी मध्ये १८ कम्पनीले रु. ४ अर्ब ३६ करोड ५७ लाख खुद नाफा आर्जन गरेका हुन् ।

अघिल्लो बर्षको तुलनामा साढे १२ प्रतिशतले बढी खुद नाफा कमाएके हो । अघिल्लो आवमा उक्त कम्पनीहरुले रु. ३ अर्ब ८८ करोड ३५ लाख खुद नाफा कमाएका थिए ।

बत बर्ष राष्ट्रिय बीमा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएर पहिलो नम्वरमा रहेको छ । त्यस्तै दोस्रो नम्वरमा शिखर इन्स्योरेन्सले ४५ करोड १ लाख खुद नाफा कमाएको छ ।

दि ओरियण्टल र नेशनल इन्स्योरेन्सले गत आवको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्