यमलाल भुसाल बने पुर्नबिमाको अध्यक्ष, अझै २ संचालक खाली « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

यमलाल भुसाल बने पुर्नबिमाको अध्यक्ष, अझै २ संचालक खाली



काठमाडौं । यमलाल भुसाल नेपाल पुर्नबिमा कम्पनीको अध्यक्षमा नियुक्त भएका छन । उनि अर्थ मन्त्रालयका सह–सचिव हुन । पुर्व संचालक महेश प्रसाद गुराँगाईले राजिनामा दिएपछि मन्त्रालयले विराटनगरमा पुरुषोत्तम सुवेदीलाई नियुक्त गरेको थियो ।

नियुक्त भएको २÷३ महिनापनि सुवेदी टिक्न सकेनन र साउनको १२ गते राजिनामा दिए । अर्थमन्त्री डा. युवराज खतिवडासंग टसल भएपछि सुवेदीले राजिनामा गरेका थिए । राष्ट्रिय बिमा संस्थानबाट ३० वर्षे सेवा पुरागरी सुवेदीले पुर्नबिमाको नियुक्ती पाएका थिए ।

झण्डै १ महिनापछि सरकारले अर्थ मन्त्रालयका सहसचिव यमलाल भुसाललाई पुर्नबिमा कम्पनीको अध्यक्ष पदको जिम्मेवारी तोकेको छ । भुसाल काजमा गएका हुन । पुर्नबिमा कम्पनीमा अझै २ जना संचालक खाली रहेको सिईओ शंकर रायमाझीले बताए ।

पुर्नबिमा कम्पनीमा सर्वसाधारणबाट चयन हुने १ संचालक र बिमा कम्पनीहरुबाट चयनहुने १ संचालक खाली रहेको रायमाझीले बताए । पुर्नबिमाको संचालक रहेका निकुञ्ज अग्रवाल एनआइसि एसिया बैंकको संचालक बनेपछि पुर्नबिमाबाट राजिनामा दिएका थिए । उनको ठाउँमा पनि १ संचालक खाली रहेको छ ।

भदौ ५ गतेको मन्त्रीस्तरीय निर्णयबाट भुसाललाई अध्यक्ष चयन गरेको हो । भुसाल असारमै पुर्नबिमा कम्पनीको संचालक रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्