कर्फ्युका विच सुनसान मछिन्द्रनाथको रथ (तस्विरसहित)

काठमाडौं । अहिले ललितपुर क्षेत्र पुरै सुनसान छ । कोरोना भाइरसको कारण स्थानिय प्रशासनले लगाएको निषेधाज्ञाको कारण रातो मछिन्द्रनाथको जात्रा स्थागित गरेको थियो । तर बिहीबार एकाएक स्थानिय गुठीका कर्मचारी लगायतले रथ ताने । स्थानीयले रथ तानेपछि भएको भिड हटाउन खोज्दा प्रहरी र स्थानियविच झडपनै भयो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । विहिबार भएको झडपपछी स्थानिय प्रशासनले ललितपुरमा कर्फ्यू लगाएको छ । बुंगमतिमा क्षमा पूजा गरेर रातो मछिन्द्रनाथको क्षमा पूजा गर्न स्थानिय प्रशासनले केही सिमित व्यक्तिलाइ मात्रै पास दिएको छ ।
स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथ यात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो ।
शुक्रबार यस्तो देखिएको छ उक्त क्षेत्रको अवस्था







