दुई मदिरा उद्योगले पुँजी वृद्धि र क्षमता विस्तार गर्न पाउने

काठमाडौं । दुई वटा मदिरा उद्योगलाई औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले क्षमता अभिवृद्धि गर्ने पूर्वाधार तयार गर्न अनुमतिदिएको छ ।
औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २३१ औं बैठकले यस्तो निर्णय गरेको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।
संसदीय समितिको निर्देशन तथा रक्सी उद्योगको औचित्यबारे विवादका कारण करिब डेढ वर्षदेखि सुनुवाई हुन सकेको थिएन ।
अनुमती पाउनेमा गोर्खा ब्रुअरी र सुमी डिष्टीलरी रहेका छन ।यो अनुमती पाएसंगै दवै कम्पनीले आफ्नो पुँजी र क्षमता अभिवृद्धिको पूर्वाधार बनाउन पाउने मन्त्रालयले बताएको छ ।