प्रुडेन्सियल इन्स्योरेन्सको अठारौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा भदौं २६ गते होटेल ईच्छा प्रालि सिमरा, बारामा सम्पन्न भएको छ ।
सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षश्री श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७५÷७६को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह क अन्तर्गत ४ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक विशाल अग्रवाल, अमित अग्रवाल र अर्पित अग्रवाल र विवेक विजुक्छे निर्विरोध निर्वाचित भएका छन । सञ्चालकहरुलाई निर्वाचन अधिकृत विजयलाल ठाकुरले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनु भएको छ ।