सानिमा लाइफको सिईओ बन्न मुखियाले दिए रिलायवलबाट राजिनामा, नक्कली सर्टिफिकेटबारे होला त छानविन ? « Arthapath.com
१ आश्विन २०७७, बिहीबार

सानिमा लाइफको सिईओ बन्न मुखियाले दिए रिलायवलबाट राजिनामा, नक्कली सर्टिफिकेटबारे होला त छानविन ?



काठमाडौं । रिलायवल नेपाल लाईफ इन्स्योरेन्सको डेपुटी सिईओ अगम मुखियाले राजिनामा दिएका छन । मुखियाले रिलायवल नेपाल लाईफबाट राजिनामा दिएका हुन् । तर उनको रामजिनामा स्वीकृत भैसकेको छैन ।

रिलायवलमा राजिनामा स्वीकृत नहुँदै सानिमा लाईफको संचालक समितिले सिईओ नियुक्तीको लागी बीमा समिति पठाएको छ । मुखियाको राजिनमा स्वीकृत नहुँदै सानिमा लाइले सिईओ नियुक्ती प्रक्रिया थालेको हो ।

नेपाल लाईफमा १२ वर्ष काम गरेका अगम मुखिया रिलायवल नेपाल लाईफमा स्थापना देखीनै आवद्ध रहेका थिए । अगम मुखियालाई सिईओ नियुक्तीको लागी सिफारिस भई आएको बीमा समिति स्रोतले जनाएको छ । बुधबार सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको सिईओमा अगम मुखियालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिमा पुगेको छ ।

मुखियाको एसएलसी र आइएको सर्टिफिकेट नक्कली रहेको बुझिएको छ । यस विषयमा बीमा समितिले अध्यायन छानविनमा ध्यान दिएको छैन । मुखियाले ३ विषयमा मष्टर्स गरेका छन । तर उनको एसएलसी र आइएको सर्टिफिकेट विदेशी रहेको छ । यस विषयमा नियमनकारी निकायको ध्यान दिन जरुरी छ । १ महिना अधि एक इन्स्योरेन्सक कम्पनीका डेपुटी सिईओको पनि नक्ककली सर्टिफिकेटबारे छानविन हुने डरले कम्पनी छाडेका थिए ।


प्रतिक्रिया दिनुहोस्